Last modified on 25 सितम्बर 2016, at 22:50

आधी कथा / रमेश क्षितिज

दुई दिन सँगै हिँड्दा जिन्दगी नै बदलियो
फेरि कहिले भटे होला भन्नुपर्ने धेरै थियो
सुन्नुपर्ने धेरै थियो !

एउटा यात्रा नटुड्डिदै रात परिसक्यो
भेटुँला है भन्थ्ये कोही पुल तरिसक्यो
हृदयमा नमेटिने कस्तो तस्बिर अल्झियो
उदास थिए आँखाहरू मनमा कुन्नि के थियो !

अरूलाई सम्झाउँथे कोही टुटेपछि
आज आफैँ दुःखेको छु उनी छुटेपछि
हिँड्दाहिँड्दै लामो बाटो सँगसँगै काटियो
थाहै नपाई कसोकसो मुटु पनि साटियो !