सखारै निस्कन्छन्
सामर्थ्य र स्वर बोकेर
गुँडबाट चराहरू
र
तिनैका पखेटाको जोशमा चढेर
क्षितिजपारिदेखि उठिआउँछ निदाएको घाम ।
निद्राभित्रका अनकन्टार सपनामा रुमल्लिइरहेको मान्छे
उठ्छ आफैँबाट, वा तरङ्गिन्छ खै केकेबाट
ओच्छ्याउँछ आफ्नाअगाडि
आँखा बाहिरका सपनाहरूलाई,
र बटुल्न थाल्छ सरदाम
नयाँ यात्राको शुरुवातका लागि ।
हरेक दिन
आरम्भ हुन्छ एउटा दिन
चराहरूका पखेटा उघ्रिएपछि ।