Last modified on 9 जुलाई 2017, at 10:30

आस्था खोजिरहेछु / दिलिप योन्जन


त्यसै त म पागल भएँ
यातना दिई नसताउ
भुकम्प म भित्र पड्किएको छ
म छताछुल्लछरिएको छु
म धुजा धुजा भैइ फुटेर लडेको छु
बाँच्ने आशा र बिस्वास छैन
म भित्र भित्रै मरिसकेको छु
मेरो संसार भत्किएको छ
मेरो बर्तमान फुटेको सिसा झै टुक्रिंदैछ
चोट नदेउ तिरस्कार गरी……….,

बेला बखत यस्तो लाग्छ
भिड र कोलाहलबाट भाग्न मन लाग्छ
एकान्त एकलासमा म एक्लै
डाँफे र मुनाल जस्तै नाच्न मन पर्छ
धुपी र सल्ला झै सुसाउन मन पर्छ
हिमाल, पाखा , पर्बतमा निदाएर
झरना र खोलामा रमाउँदै
हिउँ झै पग्ली नदी भैइ बग्न मन पर्छ
चिमल र लाली गुँरास झै फुल्न मन पर्छ
मेरो बेदना, चाहना र भाबनाहरु
डाँडाको टुप्पामा बसेर चिच्याउन मन पर्छ
जहाँ कोही नहोस् मानब भिडबाट पर
कहालि लाग्दो समाज र संस्काररबाट
एक्लै……… एक्लै………
देखेको कुरा बोल्न नहुने
जाने बुझे पनि भन्न नहुने
सत्य र साँचो बोल्नै नपाइने
दुखेको दुःख र चोटहरु लुकाउनु पर्ने
अन्याय र अत्याचार सहनु पर्ने
मान्छे मान्छे बिच असमानता
ठुलो सानो, धनी गरिबको पर्खल
सत्यको हार, असत्यको बिजय
धर्म, भाषा र जातीय धरातल…

यो कस्ले बनाएको ब्यवस्या…….
जे पनि मान्नु नै पर्ने बाध्यता…….
लाचार भएर बाँच्नु पर्ने विवशता…….,
ढुख र पिडामा डुबेर
एक आङ र एक पेटमा तड्पेर
पाटी र पौवामा हराउँदै
आँखा भरि आँसु साँचेर
हृदय भरि बेदनामा जलेर
बर्तमानको भारी सगरमाथा बोकेर
भबिश्यको सुनसान गन्तब्य खोग्दै
क्षत विक्षत जिन्दगी सँगाल्दै
इज्जतदार बेइमानहरुको भिडमा
रगत चुस्ने राक्षसहरुको माझमा
कानुन र धर्मका ठेकेदारहरुसँग
समानता र स्वतन्त्रताको अभाबमा
पग्लिन्दै, बल्दै, निभ्दै हरेक पल
आस्था खोजिरहेछु।