Last modified on 10 मई 2020, at 10:34

इतिहास / अभय श्रेष्ठ

एउटा
सुनसान साँझ बोकेर
उनीहरू यहाँ आएका थिए
र, मैलै असाध्यै माया गरेकै क्षण
मेरो सपनाको हत्या गरिदिएका थिए ।
मेरो सपनाको हत्या भएको आक्रोशमा
जब लेखेँ मैले एउटा व्रि्रोही कविता
डस्टरले ब्ल्याकबोर्डमा सेतो अक्षर पुछेझैँ
र्ससर्ती मेटिदिए उनीहरूले मेरो कविता ।

मेरो सपना र कविताको
अर्थात् मेरो आत्माकै हत्यापछि
मैले लेखेँ आफ्नै रगतले कहालीलाग्दो आफ्नो इतिहास
बदलामा मलाई काटेर
मेरै रगतले मेटिदिए उनीहरूले मेरो इतिहास पनि ।

मेटिएको मेरो इतिहासले
मायाले सुस्तरी मलाई सुम्सुम्याइरह्यो
तर, फेरि कसैले लेखेन मेटिएको मेरो इतिहासको कथा ।