Last modified on 20 जनवरी 2022, at 11:14

ओ समय / राज माङ्लाक


म,
समयको घडी अघिल्तिर
रगत छाद्दै कुदिरहेछु

त्यही घडीको पछिल्तिर
मेरा बा–आमा
शान्त जीवन बाँचिरहेका छन्

ओ समय
एकाबिहानै टाँकीको कापकापबाट उदाएर
किन मेरो नीद हराम गर्छौ हँ ?