Last modified on 26 मार्च 2018, at 16:47

कन्तुर / विमल गुरुङ


माइला छोरा
स्कुलबाट भागिभागि सिनेमा हेर्न जान्छ
साईँला छोरा
साबुन बेची-बेची खोपि खेल्न जान्छ
काईँला छोरा
किताब बेचिबेचि तोङ्बा तान्न जान्छ
कान्छा छोरा
कापी बेचिबेचि चटपटे खान जान्छ
कसरी सम्झाउँ
खै, म आफ्ना छोराहरुलाई !
मेरो जेठा छोरा
होटलको कन्तुरबाट
पैसा झिकिझिकि भिडियो हेर्न जान्छ ।