Last modified on 3 मई 2020, at 12:17

कहिले लाग्छ / गीता त्रिपाठी

के के खेल्छ मनमा कुरा आफैँलाई दुख्छु
कहाँ कहाँ नभेटिने मर्म छुन पुग्छु
कहिले लाग्छ जिन्दगी यो टुक्रा पारी फालूँ
लाग्छ कहिले यसैलाई नयाँ रङ्ग हालूँ
 
फुलेपछि कति हुन्छन् बास्ना लिनेहरू
खडेरीमा रुनुपर्छ एक्लै धुरुधुरु
कहिले लाग्छ पीरको कथा भीरैबाट फालूँ
लाग्छ कहिले यसैलाई नयाँ रङ्ग हालूँ
 
ढाँटिहिँड्छु आफैँलाई व्यथा लुकाउँछु
एकान्तमा मनको गाँठो एक्लै फुकाउँछु
कहिले लाग्छ हिँड्दाहिँड्दै यात्रा छोट्याइहालूँ
कहिले लाग्छ यसैलाई नयाँ रङ्ग हालूँ