Last modified on 8 मई 2017, at 10:19

कुतियादार / भीम दाहाल

एउटा अमिलो साँझ
धिपधिपे लालटिन राखेर
मैले तिम्रो मुर्दा रुँगेँ।
जीवनभर बोलेनौ
पर्खिरहेछु कहीँ मसान भएर तिमीले
एक पल्ट कुत तिर्दै नतिर्ने
घोषणा गर्नेछौ।
एउटा उधारो कात्रोभित्रबाट
तिमी बौरी उठ्नेछौ ।
ओ कुतियादार
तिमी यति सजिलै नमरिदेऊ ।