Last modified on 16 मार्च 2017, at 08:26

क्षितिज / रमेश क्षितिज


जति भाग्न खोज टाढा
क्षितिजबाट,
घेरेर तिम्रो सम्पूर्ण उपस्थिति र चेतनालाई
ऊ तिम्रो नजिक हुन्छ
जत्ति नजिक भएर
छुन खोज क्षितिज
ऊ तिमीबाट टाढा धेरै टाढा हुन्छ,
दृश्यमा – जोडिएका
पर्वतहरू
हिउँचुलीहरू
शृंखलाहरू
र अग्ला–अग्ला वृक्षहरू
ती सबै त भ्रम हुन्  !
त्यहाँ पुगेर हेर त्यो अझ पर सर्दै जान्छ
क्षितिज – त्यो निर्मोही
सपना र जिन्दगीजस्तै हुन्छ !