Last modified on 12 सितम्बर 2024, at 11:31

खबर आएको छैन / मौन आवाज

लेखेर पठाएको छु एउटा चिठी !
सम्बोधनमा छन्
हृदय भरिका जम्मै भावनाहरू ।

हुरि चलिरहेको छ
भीषण वर्षात भइरहेको छ ।

पहिरो गइरहेको छ
बाढी आइरहेको छ ।

पृथ्वी नै पल्टेला जस्तो
उत्पात भइरहेको छ ।

खामभित्र पठाएको छु मुटु !
पुग्यो पुगेन ठेगानामा
खबर आएको छैन !

०००