खडेरी खसेको खेतमा
पानी चिच्याएर
गर्भे हिलो सुकेको
तिमीले एक नानी देखेका छौ ?
चिसो व्याप्त लेकमा
तातो अनुमान ओढेर
शीत सुतेको जीवन
एक मुठी घामले सेकेका छौ ?
स्वर सुकेको सारङ्गीमा
स्वदेश गाउँछ
आदिम बस्ती
तिमीले एक पाइलो टेकेका छौ ?
मेरो सङ्क्षिप्त इतिहास
यत्ति हो
तिमीले एक शब्द लेखेका छौ ?