Last modified on 25 अगस्त 2024, at 17:03

गुप्त सन्देश / सुमन पोखरेल

यो अस्पस्ट बेनामी खामभित्र
नसोचिएका पत्रहरू छन्
र पत्रभित्र छन् नबुझिने केही सन्देशहरू ।

केवल दुईवटा विकल्प छन्
जोसुकैसँग अब यहाँ ।

यस खामभित्रका पत्रभित्र लुकीबसेका
सन्देशभित्रका सन्देशहरूलाई बुझ्न खोजे पनि भयो,
या ‘जेसुकै होस्’ भनेर छोडिदिए पनि भयो ।

यो अस्पस्ट बेनामी खामभित्र
नबुझिने केही सन्देशहरू छन् ।