चर्केको मुटु केले टाल्नु आँशुले टाल्दैन
म हाँसूँ पनि कसरी हाँसूँ दुखाइ नै घट्दैन
हाँसिदिऊँ भन्छु पाइलाले तर काँडामा टेक्दछ
दौडन खोज्छु, मनले सधैँ बोझ नै बोक्दछ
नहिँडूँ भने कहाँ बसूँ म, हिँडूँ त कुन बाटो
अगाडि जाऊँ बाटैले छेक्छ पछाडि ठाउँ छैन
बाँचिरहूँ भने हरेक सासमा जीवन नै दुख्दछ
नबाँची पनि भएको छैन मृत्युले छेक्दछ
कसलाई सोधूँ दोधारमा यस्तो के गरूँ अब म
मान्छेको कुरा परै जाओस् छाया नि बोल्दैन