Last modified on 18 दिसम्बर 2017, at 09:32

छिमेकी / राजेन्द्र थापा


छिमेकीहरू हाम्रो साँध आफूतिर तान्छन्
हामी चिया प्यूँदै चियापसलमा
छिमेकीलाई गाली गर्छौं
साथीहरू दिनरात हाम्रो खुट्टा तान्छन्

हामी रक्सी प्यूँदै रक्सी पसलमा
छिमेकीलाई ठोक्ने घोषणा गर्छौं र
दायाँबायाँ पलाकपुलुक हेर्छौं
अनि, कोही नदेख्दा राहत भेट्छौँ।