जिन्दगीका चोटहरूले चहर्याउँदा छाती
रक्सिएर रम्न खोज्छु जब हुन्छ राति
साथीहरू नरिसाउनु मात्यो एक्लै भनी
हर प्यालामा मिसिएको छ घात आँसु बनी
म त कहिल्यै एक्लो हुन्न पीर हुन्छ साथी
रक्सिएर रम्न खोज्छु जब हुन्छ राति
भीडबाट टाढिएर संसार हेर्दै मातिन्छु
हर चीजलाई बेग्लै देखी एक्लै आत्तिन्छु
लाग्छ त्यस्तो बाँच्नु भन्दा यस्तै बाँच्नु जाति
रक्सिएर रम्न खोज्छु जब हुन्छ राति