Last modified on 28 मई 2017, at 15:55

जीवनको राजमार्गमा / अमर गिरी

दौडिएँ
जसरी दौडन्छन् गाडीहरू
बजेँ
जसरी बज्छन् हर्न
अझै पनि चलिरहेछ यो
जीवनको राजमार्गमा ।

जीवनको राजमार्गमा
कहिले सुन्छु म
आफ्नै ह्दयविणाको झङ्कार ?