Last modified on 7 जुलाई 2017, at 09:39

तर्खर / हरिभक्त कटुवाल


हिजोसम्म जो गुँडमा पुलमात्र थिए
आज बचेराबाट पनि जुरेली भइसकेछन् !
लौ, यी पनि पात रोजिरहेछन् - हाँगा खोजिरहेछन्
गुँड लगाउने तर्खर होला यिनको पनि !!