Last modified on 12 नवम्बर 2017, at 12:16

तिम्रो हाम्रो मनको दुरी / क्षेत्रप्रताप अधिकारी


धेरै देखेँ सपनीमा धेरै लेखें चिठी
एउटा उत्तर पाए नि रिमै मायाबिना सित्ती
दोधारेको पारा माथि चढेजस्तो छ
तिम्रो हाम्रो मनको दुरी बढे जस्तो छ

मैले पनि सपनीमा नदेखेको हैन
बस्न पाउन प्रतिउत्तर नलेखेको हैन
मेरो चिठ्ठी अन्त कतै परे जस्तो छ
तिम्रो हाम्रो मनको दुरी बढे जस्तो छ

कस्तो माया बस्यो कुन्नि केको माया बस्यो नि
कस्ले छायाँ रच्यो कुन्नि केको छायाँ रच्यो नि
जति हेर्यो सेती खोला गढेजस्तो छ
तिम्रो हाम्रो मनको दुरी बढे जस्तो छ

नलेखेको गीत हो कि नदेखेको शहर
न भेटेको मित हो कि नमेटेको रहर
पानी जस्तो मायाप्रीति डढेजस्तो छ
तिम्रो हाम्रो मनको दुरी बढे जस्तो छ