त्यो बोकोले खाइरहेछ
खास घाँस !
हामीहरुको आर्कै यहाँ छ
अनाज,
काँढा, काँढा !
त्यो कालो छ, हामीहरुको सेतो रङ्ग छ,
गाढा गाढा !
क्या मत्तेको मोटो पशु छ छाडा !
आउला दशैं !
यसको बलिदान !
हाम्रो उत्सव !
त्यो होला कति टाढा ?
त्यो बोकोले खाइरहेछ
खास घाँस !
हामीहरुको आर्कै यहाँ छ
अनाज,
काँढा, काँढा !
त्यो कालो छ, हामीहरुको सेतो रङ्ग छ,
गाढा गाढा !
क्या मत्तेको मोटो पशु छ छाडा !
आउला दशैं !
यसको बलिदान !
हाम्रो उत्सव !
त्यो होला कति टाढा ?