Last modified on 10 जुलाई 2017, at 19:44

दुख्छ छाति रातभरि /दावा पाख्रिन


दुख्छ छाति रातभरि मुटु फुट्ला जस्तै गरी
झर्छ आँसु घरि घरि कहिले नरोकेला जस्तै गरी

केही दिन र रात पनि बर्षौं झैं लामो लाग्छ
एक्लै हिंड्न पर्ला जीवन माझी विनाको डुंगा लाग्छ
जहाँ गए नि जे गरे नि पीर त संगै हुन्छ
कति बिर्सुं भन्छु तर मुटुबिच ऊ बसेकै हुन्छ

शब्द : दावा पाख्रिन
स्वर : मनिला सोताङ
संगीत : उदय सोतङ
एल्बम : मर्म