मैले पनि न ता मारें वायुले झैँ थकाइ नै,
न भोक न भने प्यास, न त झरी न घाम नै ।
परन्तु बीच बाटोमा जाँदा-जाँदै म रोकिएँ,
मजस्ता जात्रुको ताँती जहाँ सयकडौँ थिए ।
सोधे-याँ' किन रोकेको? उत्तरमा 'गढी’- भन्यो,
तुरुन्तै फेरि आर्कोले- 'चूप'–मान गरी भन्यो ।
त्यतिकैमा विचारीले सबैले सुनिने गरी-
उर्दी-पूर्जी गर्यो यस्तो यो मुटु चिरिने गरी -
"वाँ' जति दिन बस्ने हो उति जीवन-सामल
जात्रुले यस अड्डामा गर्नुपर्दछ दाखिल;
फेरि, सामलको साटो आह जतिसुकै हओस्
लिइनेछैन याँ' बाट त्यस्तो मान्छे उतै फिरोस्।"
आँसुको दहमा मात्रै थिग्रिने-उत्रिने सँधै
यो मेरो मनको धोको खालि धोका भयो; कठै !
............................................
संगम-बाट,२०१६ रचनाकाल १९६६