Last modified on 20 अगस्त 2020, at 17:16

नाज़िम हिक़मत / परिचय

नाज़िम हिक़मत - परिचय

हिंदी में

नाज़िम हिकमत का जन्म १९०१ में तुर्की में हुआ था और १९६३ में सोवियत रूस में उन की मृत्यु हुई। कुल ६२ साल की उम्र में से अड़तालीस साल उन्होंने कविताएँ लिखी। इस काव्यमय जीवन के साथ साथ उनका जीवन संघर्ष भी चलता रहा। बहुत छोटी वय में क्रांतिकारी बन गए नाज़िम को कुल १८ साल जेल में काटने पड़े और १३ सालों तक वे एक से दूसरे देश निर्वासन में भटकते रहे।


दुनिया भर की भाषाओं में उनकी कविताओं का अनुवाद छपने के बावजूद उनकी कविता उनकी अपनी मातृभूमि में प्रतिबंधित रही। नाज़िम की कविता की ताक़त जनता और सिद्धान्त के प्रति उनकी उत्कट आस्था में निहित है। यही कारण रहा कि उनकी कविता दुनिया भर में चर्चित हुई और पसंद की गई। नाज़िम हमारे समय के एक बड़े मार्गदर्शक कवि हैं.

.........................................

नेपाली भाषामा

नाजिम हिकमतको जन्म सन्‌ १९०२ मा ओटोमनको सालोनिका (हाल ग्रिसको देसालोनिकी)मा भएको थियो।उनको पूरा नाम नाजिम हिकमत रान थियो।

कलाकार आमा र कवि हजुरबाका सङगतका कारण उनी सानै उमेरदेखि कवितातिर आकृष्ट भए र सत्र वर्षको उमेरमा आफ्नो पहिलो कविता प्रकाशित गराए।स्टनबुलमा हुर्किएका नाजिम हिकमत पहिलो विश्वयुद्धपछि मित्रराष्ट्रहरूको अधिनमा रहेको टर्की छोडी मास्को गएर बसे।सन्‌ १९२४ मा टर्की स्वतन्त्र भएपछि उनी स्वदेश फर्किए तर वामपन्थी पत्रिकामा काम गरेकाले तुरुन्तै पक्राउ परे।त्यहाँबाट उम्किएर उनी फेरि रुस पुगे र आफ्नो कविता तथा नाटक लेखनलाई निरन्तरता दिए।छन्दमा लेखिएका राष्ट्रवादी कविताहरूका माध्यमबाट परिचय बनाएका हिकमतले आफ्नो परम्परावादी लेखनलाई छोडी आधुनिक धार समाते।

सन्‌ १९२८ मा आम माफी पाएपछि उनी फेरि टर्की फर्किए र त्यसपछिका दश वर्षमा 'इल्क सिर्लेर' (प्ररम्भिक कविताहरू), 'यातार बुर्सा कालिसिन्दे' (बुर्सामा जे छ) लगायत पाँच वटा कवितासङग्रह तथा 'मेम्लेकेतिम्देन इन्साँ मान्जरालारी' (मेरो देशको मानवचित्र) र 'कुर्तुलुस साभासी दास्तानी' (स्वतन्त्रता सङ्ग्रामको कथा) लगायत चार वटा लामा कविताका पुस्तक प्रकाशन गराए।त्यसबाहेक हिकमतले चार वाटा नाटक र एउट उपन्यास लेखे।अतिवादी कार्यका कारण पाएको लामो जेलसजायपछि सन्‌ १९५१ मा नाजिम हिकमतले अन्तिमपल्ट टर्की छाडे र सोभियत सङ्घ तथा पूर्वी युरोपमा बसे।

नाजिम हिकमतले सोभियत सङ्घमा रहँदा नुज्हत नाजिमसँग विवाह गरे।छोटो अवधीमै सो वैवाहिक सम्बन्ध विच्छेद भएपछि उनी लुदमिला युरसेन्कोसँग लिभ टुगेदरको सम्बन्धमा रहे।सन्‌ १९३५ मा हिकमतले पियारे अल्तिनोग्लीसँग विवाह गरे।सन्‌ १९५० मा जेलबाट छुटेपछि उनले पियारेसँग सम्बन्धविच्छेद गरे र मुनेभ्भेर एन्दाकसँग हिँडे।पचासको दशकको शुरूका वर्षदेखि उनी गालिना ग्रिगोर्‍येभ्ना कोलेसनिकोभासँग रहे।गालिनासँग अलग्गिएपछि हिकमतले आफूभन्दा तीस वर्ष कान्छी भेरा तुलयाकोभासँग विवाह गरे।

पहिलो तुर्की आधुनिक कवि मानिएका र बीसौँ शताब्दीका एउटा महान कविका रूपमा विश्वभर चिनिएका नाजिम हिकमत हर्ट एट्याकका कारण ३ जुन सन् १९६३ मा रुसको मास्कोमा दिवंगत भए।