सोचेयँ
सागरमा फालेर अभावको भीड
बटुली सुखका सारा समय
राखिदिउँला तिम्रा पोल्टामा |
तिम्रै झझल्कोमाथि तैरिँदै
सागरमा तिर्खा बगैं
उज्यालो क्षिति पर्खदै
अँध्यारामा अनिदो रहें ।
तिम्रो प्रेमिल स्पर्श सम्झदा मात्रै पनि
एकाएक भरिएर आउँथ्यो आँत
मेटिन्थ्यो हर रहर
लखतरान शरीरमा पलाउँथ्यो आँट |
थाहै नपाई
कहाँ, कसरी छुट्यो
एउटा पाइतालाको डोब ।
अहिले आधा लाग्छ
देउराली टेकेर उदाउने घाम
आधै लाग्छ पूर्णिमाको जून
आधी-आधी नै लाग्छ
चौतारो हुँदै हिड्ने मूल बाटो पनि ।
पूरापूर दुःख भोगेर
आधा ज्यूनु सिकिरहको छु ।
निष्ठुरी !
पूर्ण सुख तिमीलाई ||
०००