Last modified on 7 जुलाई 2017, at 11:01

पर्ख / हरिभक्त कटुवाल


पर्ख
एउटा अनागत दिनसम्म
पर्ख
एउटा उज्यालो दिनसम्म ।

हाम्रा खप्परबाट पनि उदाउने
एउटा तेजिलो सूर्य
एउटा उज्यालो सूर्य
युगौँ-युगदेखि काई जमेका
कैयौै-कैयौँ शङ्कालु छाती
धोएकै छैन अहिले प्रकाशले
पुछेकै छैन अझै संस्कारले ।

तयसैले -
पर्ख
एउटा अनागत दिनसम्म
पर्ख
एउटा उज्यालो दिनसम्म ।