पहिरो छ / सुमन पोखरेल

त्यसै पनि अभिशप्त
यी क्षणहरू
अभिशस्त विश्वास र भावना ।

छातीभरि खहरेजस्ता आश्रयहरू ।

किन यहाँ
नदीहरू नदी भएर बग्न पाउँदैनन्  ?
किन यहाँ
हिउँहरू सकिने गरी पग्लन पाउँदैनन् ?

यो चिसो
सतहको मात्र छैन
गहिरो मात्र छैन,
गहिरो गहिरो गहिरो छ;
जिन्दगी
हर क्षण
जताततै
पहिरो पहिरो पहिरो छ ।

इस पृष्ठ को बेहतर बनाने में मदद करें!

Keep track of this page and all changes to it.