Last modified on 25 अगस्त 2024, at 17:01

पुनर्वासोन्मुख / सुमन पोखरेल

मानिसको विश्वास त थिएन
तैपनि आएथेँ बुझ्नलाई
के मानिस साँच्चै नै खराब हो
वा खराब हो उसको स्वार्थ ?

मानिसले ढोका लगायो

पराइ भयो मेरो एउटा बास ।

बाँकी छन् तर अझै
सहस्र स्वागतहरू ।

सृष्टिले सिर्जेको प्रकृतिमा
पर्खिरहेछन् हरेकलाई
हजारौँहजार गन्तव्यहरूले ।