छुट्याइरहनु कहाँ आवश्यक छ र
निजी कुनै समय
तिमीलाई प्रेम गर्न ।
रातजस्तो मध्ये दिन होस्
वा दिनजस्तो मध्ये रात
यत्तिकै छोइदिन्छ एउटा परा(स्पर्श
मानौँ, चिसिएर तिनै स्पर्शबाट
खसेको छ, हृदयमा आगो
शीत अँगालेजस्तो लाग्ने यो धर्ती
कत्तिपटक आँधी भइसक्छ
कत्तिपटक चट्याङ् परिसक्छ ।
कत्तिपटक त
केस्रा केस्रा फिँजाएर स्मृतिका केशहरू
तयार भइसक्छ उम्रन
पानीको चोटले ढाडिएको बिऊजस्तो
विना माटो(पानी नै
अनुभूतिमा लहलह आगोहरू १
ब्युँझन खोजिरहेको धर्तीबाट
मानौँ, उठाइरहेछ बिहानले पर्दा
भित्र(बाहिर गरिरहने
नाङ्गो बतासले समेत
खोजिरहन्छ उज्यालोको कोमल निकटता
जोर(बिजोरको सहरी नियम भत्केजसरी
भत्किरहन्छ, एउटा पहाड
प्रत्येक श्वासमा
तिम्रो अनुभूतिमा ब्युँझन
कुनै पात्रोमा अब,
नपर्ने भएको छ( रातो धर्का कोर्न
अस्तित्वको
अपरिभाषित यस महापर्खाइमा
आफैँ आगो भएको छ, रात
आफैँ बिऊ भएको छ, आगो
लाग्दैछ(
स्वतन्त्र छु जल्न हरसमय
सुनाउन तयार छु,
समयका वर्जित प्रतिध्वनिहरू
अवज्ञा गरिरहेको छु,
निषेधका हर आज्ञाहरू १
अस्विकार गरिरहेछु,
प्रेमविनाको हर निजी समय,
तिमीलाई प्रेम गर्न।
०००