ढुङ्गालाई गरेको प्रेम
बजि्रएपछि चोट बनेर आफ्नै थाप्लोमा
उसलाई रत्तिभर गुनासो रहेन–
विश्वासको मत हालेको मान्छेले गरेको घातप्रति।
फूललाई गर्यो प्रेम– काँडा बनेरे रोपियो पाइतालामा
सडकलाई ओछ्यायो आत्मीयता– ठेस बनेर उभियो यात्रामा
मान्छेलाई अर्पियो प्रेम– चाकरीमा अनुवाद भयो हेर्दाहेर्दै
आकाशलाई हाल्यो अँगालो– चट्याङ बनेर बजि्रयो आस्थामाथि
फूलबारीमा रोप्यो प्रेम– आँखैअघि मौलायो बनमारा घारी।
र पनि उसले प्रेम गर्न छोडेको छैन–
फूल, सडक र मान्छेलाई
आकाशलाई, फूलबारीलाई र सबै सबैलाई
अझ सबैभन्दा बढी–
एउटा सुनिश्चित आँधीबेहरीलाई।