पूर्णिमाको साँझ
फाटेको चोलीमा कुम देखाइन् उनले
मैले जून देखाएँ ।
तप्प–तप्प !
तप्कियो शीत
आँखाको कोर्नियाबाट जूनको
तापनि जून बलि नै रह्यो ।
जून !
क्षणक्षणमै छिप्पिरहेको थियो
जसरी उनको
चोली फाट्नुको आयतन बढिरहेको थियो
दिनदिनै र दिनदिनै ।
पुनः उनले जून हेरिन् र कुम
कुम हेरिन् र जून
र के सोचिन् कुन्नि ?
केही बोलिनन् उनी
पmाटेको जून सम्हाल्दै पसिन् याक्साभित्र ।
म आफ्नै जूनको शीतसँंग
जीवन खेलिरहेँ एकोहोरो
खेलिरहेँ एक्लै ।