Last modified on 16 जुलाई 2017, at 15:49

फोटो / सविता गौतम दाहाल


न आगो लागेको देख्छ, न पानी परेको
सुकाएका लुगा उठाउदैन
हल्लीरहेको झ्यालको चुकुल लगाउदैन्
आमा फर्कन्छिन्
भिजेको लुगा परैबाट देख्छिन्
लडेको ग्लास वा सडेको स्याउ
त्यत्तिकै रहिरहन्छ
कमिलाको मेला भूँइभरि लागिरहन्छ ।

न मन चल्छ , न तन
अचम्मको अहिल्या स्थीरता
आफ्नै पतिले दिएको श्रापझै
मूर्तिवत यी उपस्थिति
घर घरमा व्यापक छन् ।

गृहकार्य लामो प्रतिक्षामा पर्खिरहन्छ
दुध डडेर छिमेकी आइपुग्छ
सानो वच्चा भोकले रोइरहन्छ
भान्सामा काम खित्का छोडेर हाँसिरहन्छ
फोहोर लाने गाडीको मान्छे ढोका ढकढकाइरहन्छ
कान, आँखा, नाक सवै फोटामा परिणत छन्
कुनै हलचल छैन ,खटपट छैन् ।

न चोर पसेको चाल पाउँछ ,न ताला फोडेको
दिउसै सिरीखुरी सकिदापनि
चटपटाउदैनन यी विधुतप्रेमी
महान मानव मूर्ति ।

आवाज उसलाई छेडेर निस्कन्छ
र भित्तामा ठोक्कीन्छ
न वितेको आवास हुन्छ ,न वगेको
बत्ती वलिरहन्छ, पंखा चलिरहन्छ
रित्तो कोठामा
हर साँझ ,हर विदा
वैठकमा जमेका
यी पोटेसियल फोटा ।