Last modified on 23 सितम्बर 2016, at 22:24

बसाइँ सरेपछि / रमेश क्षितिज

जून हेर्दै बारम्बार तारा हर्दै टोलाएर
बिताउँछु म रात अचेल निँद नआएर

बिरानो भो गाउँ मेरो साँघु तरेपछि
आफ्नो भन्नु को छ यहाँ बसाइँ सरेपछि
चल्छ हुरी पीडाको निभ्छ मनको दीयो
घाम प्यारो लाग्दो रै’छ पानी परेपछि !

फूल्छ होला पखेरोमा अझै लालुपाते
पानी मीठो पँधेरोको त्यही गाउँ जाति
जुनेली त्यो रात अनि मेरो वालापन
सम्झिरन्छु लुकामारी खेल्ने फुच्चे साथी !