Last modified on 6 जुलाई 2017, at 16:40

बाडुली / हरिभक्त कटुवाल


मेरो अँगालोभरि बाँधिएर -
जुन रात तिमीले समर्पण गर्‍यो आफैलाई
त्यही रातको स्मृति मेरो पेवा जीवनभरिलाई,
मलाई बिर्सन तिमी कत्ति किन नगर
मध्यरातमा अझै बाडुली लाग्छ
सायद तिमीले सम्झेरै होला !