Last modified on 25 सितम्बर 2016, at 21:23

बालुवाको घर/ रमेश क्षितिज

हामी बस्ने चौतारीमा एक्लै आउँछु अचेल
खुसी प¥यो तिम्रो भागमा पीडा गाउँछु अचेल

तिमी थियौ लट्टाइँ र पो सम्हालिन्थे सधैँ
चुडिएको चङ्गाजस्तै मन उडाउँछु अचेल

बर्सात चल्दा ओत लाग्ने सपनाथ्यो मनभरि
बगरमा बालुवाको घर बनाउँछु अचेल

काख दिने कोही भए शिर लुकाई रुन हुन्थ्यो
राति सधैँ सिरानी म भिजाउँछु अचेल

आगो सल्काई तिमी गयौ, आँखाबाट आँसु खन्याई
हृदयको डढेलो त्यो निभाउँछु अचेल

मेरो जस्तै छटपटी तिमीलाई पनि छ कि ?
गोधूलिमा बाटो कुर्न सधैँ आउँछु अचेल !