Last modified on 16 फ़रवरी 2022, at 18:59

बिम्बहरू / अशेष मल्ल

छाेराले साेध्याे मलाई
किन रुन्छन् बुबा
तपाईंका कवितामा अक्षरहरू सधैँ
मैले भनेँ
आँसुकाे समुद्रबाट उठेका अक्षरहरु
कसरी हाँस्न सक्छन् त छाेरा
कविताका यी अक्षरहरू हैनन्
कसरी भनूँ छाेरा
यी त हुन्
तेरा बाका पीडाहरु
के छ र तेरा बासँग सिवाय कविता
कविता छ र त तेराे बा छ
मृत्यु भयबाट मुक्त
बाँच्नुकाे एउटा अर्थ
कसरी भनूँ छाेरा
यी कविता हैनन्
यी त हुन् तेरा बाका बिम्बहरू ।