Last modified on 6 दिसम्बर 2016, at 14:46

माटोको सौन्दर्य / सन्तोष थेबे

यो माटोको माया
चमेलीको रङभन्दा तिख्खर भएर
तिम्रो र मेरो पे्रम भएर फक्रिएको छ

तिम्रो र मेरो चुम्बनले
कुन सभ्यताको वकालत गर्दैछ
थाहा छैन
हामीले आलिङ्गनमा भत्काएर बनाएका छौँ
हामीले सहवासमा बनाएर भत्काएका छौँ
नपत्याए हेर त
भत्काउँदै बनाउँदै माटोसित
हामीले कति गहिरो नाता गाँसेका छौँ
हामी कतिचोटि स–साना
माटा डल्लाहरुमा
भत्किदै जोडिदै
जोडिदै भत्किदै
धमिराको यो ढिस्कोसम्म आइपुगेका छौँ

आऊ
हाम्रो प्रेम धमिराको ढिस्कोमा साक्षी राखेर
धमिराको निरन्तरता बाँचाँै
धमिराको दैनिकीमा बाँचाँै
स–साना कुरामा पनि च्वास्स दुख्ने मन
माटोमा गाडिएको सभ्यताको
अवशेषलाई आँखा चिम्म गरेर
माटोको तिख्खर पूmलहरुमा फुलौँ
माटोको एउटा पुरानो धूनमा
तिम्रो र मेरो प्रेमका नयाँ गीत लेखौँ ।