पानीको छलबलमा
छरिइरहेको घामझैँ
हरियोमाथि फूलहरु तार्किएझैँ खेलिरहेका थिए हावामा।
तिनीहरुको चञ्चल छाया
मृत्युको कालो हाँसोजस्तो थियो-
त्यो दृश्य नै यही भन्दथ्यो।
दुई दिनपछि
घाममा हाँसिरहेका ती फूलहरु
छायामा निदाउरिँदै सुक्दै गए।
१
जब कल्पनाको सुनौलो संसार
जूनकीरीसरि अँध्यारोमा
पिलपिलिँदै हराउँदै जान्छ
अनि मृत्यु देखिन्छ- यही देखें।
२
एउटा तोते कलिलो बादल
हाम्रो प्यारको अङ्गालोमा हुर्क्यो-
वसन्तको आगमन फुलेफलेसरि
हाँगोको अङ्गालोमा।
तर त्यो मर्यो्-
हामी मृत्युलाई त प्रेम गर्दैनौँ
जोसित प्यारो कानेखुसी गरी बढ्छौ
संसारदेखि लुकीलुकी?
३