म त लाली गुराँस भएछु
बनैभरि फुलिदिन्छु
मनैभरि फुलिदिन्छु
फाँटहरुले कसलाई पुग्छ
भीरमा पनि फुलिदिन्छु
खुशी मात्र कहाँ हुन्छ
पीरमा पनि फुलिदिन्छु
म त लाली गुराँस भएछु
हेरिदिने कोही भइदिए
नानीभित्र फुलिदिन्छु
लाइदिने कोही भइदिए
सिउँदोभरि फुलिदिन्छु
म त लाली गुराँस भएछु
बनैभरि फुलिदिन्छु
मनैभरि फुलिदिन्छु।