Last modified on 12 सितम्बर 2024, at 11:34

म पुरुष हुँ / मौन आवाज

म पुरुष हुँ
तर / मभित्र -
महिला भन्दा कोमल महिला छ !

म हाँस्छु - बालिका झैं
लजाउँछु युवती झैं
रुन्छु - आमा झैं
चिच्याउँछु - एक अस्तित्व नारी झैं !

मभित्र पनि उस्तै घाउ छ -
उस्तै पीडा छ
उस्तै आँशु र / उस्तै एक्लोपन छ !

म एक पुरुष हुँ -
मभित्र असंख्य नारी छ !

मभित्र पनि -
एक सिर्जन / निर्जन पाठेघर छ !

०००