यसपालिको शरद पनि नफुलेर गयो
मेरो मनको गमलामा नडुलेर गयो
वर्ष बिते बाटो हेरी दिन बिते औ“ला गनी
माया गर्ने आफ्नो मान्छे फर्किए र आउला भनी
खोलापारि फूल फूल्यो वारि मन झ¥यो
जसका लागि पर्खें उसले बाइस जङ्घार त¥यो
कतिपल्ट मनको व्यथा पानाभरि पोख्छु
विपनीमा कुरी बस्छु सपनीमा देख्छु
रिम्झिम् साउन पनि नरुझेर गयो
रुवाउने पीरति यो नबुझेर भयो