Last modified on 16 मार्च 2017, at 14:51

याद / मनप्रसाद सुब्बा


यादको सिमसिमे झरी
झरिरहन्छ एकोहोरो
छातीको पाखाभरि।


भिज्छु बेस्सरी भित्रभित्रसम्म
तर चाहना बलिरहेको दीयो
निभ्दै निभ्दैन, अचम्म !


वरिपरि फैलिँदो छ यादको
अखण्डित समय अनन्त
जहाँ कुनै अर्थ छैन
वाद या विवादको।