Last modified on 7 जुलाई 2017, at 11:26

यो जीवन / हरिभक्त कटुवाल


कतै, जुवाडेको कौडी खेलाउँदै हेरेको एउटा छुक जस्तो
कतै, भर्खर वसन्तले छोडेर गएको उदास रुख जस्तो
यस्तो लागिरहेछ आफैँलाई यो जीवन
अन्तिम पातो पनि च्यातेपछिको एउटा ठुटो चेक बुक जस्तो ।