{{KKGlobal}}
{{KKRachna
|रचनाकार=रमेश क्षितिज|अनुवादक=|संग्रह=घर फर्किरहेको मानिसआफैँ आफ्नो साथी भएँ / रमेश क्षितिज
}}
{{KKCatNepaliRachna}}
<poem>
कहाँकहाँ पुग्छ जीवनको बाटो
कहिल्यै तिमीले थाकेँ नभन्नू
सधैँ हाँस्न सिक्नू एक्लै बाँच्न सिक्नू
हारेर गुहार मागेँ नभन्नू
लत्रेर टाढा भागेँ नभन्नू !
निस्कनू –आसुको ऐना हेर्न छोडेर कठिन छ यात्रा शिखर त्यो टाढा छकुल्चदै सुकेका पातहरूजस्तो उदासीको सुरुङबाट नहिँड्नेहरूलाई पाइलामै बाधा छआफैले बनाएको निराशाको अध्यारो जसले जीउन जान्यो उसकै हो संसारतारबारबाट निस्कनू र हेर्नूनिरास भएर रोएँ नभन्नूपल्लोतिर भेटिनेछ –इन्द्रेनीको स्वागतद्वार डाली डालीमा उफ्रिदै नांचिरहेका चराहरूहजारौ ठेस सहेर सङ्र्लिदै हिडेको बटुवा नदीविजय जुलुसमा सामेलअवीरले रङगिएका आशावादी जनताजस्ता रङगीन फूलहरूफैलिदै गएको सपनाजस्तो निक्खर आकाशवा मानिसको आशाजस्ता झिल्मिल ताराहरू, तिमीसँगै हुनेछ बाँच्नलायकएउटा सिङ्गो र सुन्दर पृथ्वी जसलाई तिमीलै खुसी बाँड्दै हिँड्नु दुःख भन्यौ त्यो त तेजाबी गहना तिम्रा मखमली आँसुका पत्रै–पत्रहरूले बुनेकोजसलाई तिमीलै चोट भन्यौ त्यो त मायालु स्पर्श कुनै महान कलाकारले रुखो ढुङ्गालाई ताछदै मूर्ति बनाएजस्तोतिम्रो जीवनलाई निखार्ने एक तिक्खर अनुभूति साँच्ची एकपल्ट बाँच्न जानेपछि जति निमोठ्यो उति पलाउछ जीवनको मुना ! जुन दुःखले दुखे भन्छयौ तिमीत्यो आफैले रोपेको विरुवा – आफ्नै मनको गमलामाबार्दली वा भ¥याङमा छोप्दै हिँड्नूवा पस्ने ढोकाछेउ आँगनको एक कुनामाउदास एक्लो भएँ नभन्नू
आफैले उमारेको दुःखको क्याक्टस बढ्दैजान्छ दिन प्रतिदिननदीझैँ जीवनको सुख दुःख किनारार त्यसैमा अल्झेर रगतपच्छे हुन्छौँ हामी अचानक आफैँ हौ सङ्कटको बलियो सहारार सराप्नथाल्छौँ पुराना मित्रजस्ता दुखहरूलाई व्यर्थैपुछ्नू आँसु आफैँ मुस्काई हिँड्नूयौटै धोकाले टुटेँ नभन्नूकुल्चिहिँड्नू काँडा नाँघिहिँड्नू पहाडहिँड्दाहिँड्दै म छुटेँ नभन्नू
समाचार वाचिकाले झै मुस्काएरै झेलिदिनू दुखको खबरमनभित्र जलाउनु खुसीको दियालोनदुख्नू– माझेर राख्नू बरु त्यो पुरातात्विक दुखअनि हेर्नू ससांर कत्ति छ उज्यालोप्रत्येक इमेलमा आएको तिम्रो आँसुको पारदर्शी टाटोलडेँ आफैँ उठ्नू साचीँराख्नू आशाअसह्य लाग्छ मलाई भाग्य यो रहेछ कस्तो नभन्नूशिर उठाई बाँच्नू मूल्य जोगाइराख्नूसबैको सामुन्ने सस्तो नबन्नू !
</poem>