{{KKCatNepaliRachna}}
<poem>
यो क्षण सँगै छांै छौं हामी शिविरमाबाँड्दैछांै बाँड्दैछौं एकआपसमा सुखको पसरर सुनाइरहेछांै सुनाइरहेछौं
दुःखका अन्त्यविहीन दन्त्यकथाहरू,
जब हुनेछ समय
हामी निस्किनेछांै निस्किनेछौं यो गुफाजस्तो शिविरबाटलाग्नेछांै लाग्नेछौं आ–आफ्नो बाटो
आफूलाई कुनै बोझिलो भारीजस्तो
यतैकतै बिसाएर,
हेर्दाहेर्दै कति छुटे यो शिविरबाट
कि रहन्छन् यादहरू
कि रहन्छन् – सधंैका सधैंका साक्षी
यो दुःखजस्तो आदिम पहाड,
प्रेमजस्तो बिसाउनी,
कदाचित छुट्टिन नसकेको प्राचिन गोरेटो,
हामी सबै त फर्किनेछांै फर्किनेछौं त्यसरी
जसरी हिँडेका छन् अनगिन्ती बटुवाहरू
हामीभन्दा पहिल्यै बास बसेर यो शिविरमा,
अरू कसैको पाइतालामा टेकिएर
र समयले आफंै आफैं गाड्नेछ – आफ्नो अस्तित्वको
रक्तिम झन्डा
त्यसबेला – इतिहासको पनि इतिहास हराउनेछ
इतिहासबाट !
यो क्षण सँगै छांै छौं हामी शिविरमा बाँड्दैछांै बाँड्दैछौं एक–आपसमा सुखको पसर र सुनाइरहेछांैसुनाइरहेछौं
दुःखका अन्त्यविहीन दन्त्यकथाहरू ।
</poem>