Changes

<poem>
क. सङ्घर्षद्धारा मिलेर मन्थन यी स्नायुजाली शिथिल हुनाले क्या फीँज निकाले ! किरण छरी दी तब कल्पनाले ! लडका–दिलमा रहने कविले धरम निकाले, कथा सँगाले !
ख. पुजारी डर भो, औ भक्त भो, अज्ञातलाई अज्ञेय पारी रचेर मन्दिर, कुँदी बसाले ! अनेक बान्की दिई छिनाले !
ग. बालक ऋषिका कथा मीठा छन्, म सुन्छु सुन्छु ! यो कल्पनाको परी जगत्‌मा, म रसले घुम्छु म रसले घुम्छु ! सफा छ खोजी विचित्र मीठो, म मग्न हुन्छु, सतृष्ण हुन्छु !
घ. बगिरहेको मलाई जल देऊ ! सुकोस्, पुगोस्वा पयोधि दूर ! मलाई केवल समुद्रष्णा तृ छचल्किएको, ध्वनि प्रचुर !
ङ. मलाई शङ्का सँगी रहन्छे ! मभित्र थोरै छ भित्रको ज्ञान तथापि घुम्दो छ नागबेली, तरङ्ग मेरो, समुद्रको गान ! यता छ लरबर, उता छ आह्वान !
च. विदित चिरेर किनार पारी, लगाउँदो छु म फूलबारी ! नभेटिएको,नछोइएको, प्रवाहको तर प्राणछ जारी !
छ. म गर्तमा गै, "समुद्र छैन” भनें बराबर, अडी शिथिल प्राण ! बराबर निस्कें, नभेटिए त्यो, मीठो छ भन्दै मनुष्यनिम्ति मरुमा कुर्वान !
ज. म आफूभन्दा अगाडि खोज्छु, म आफूभन्दा पछाडि गाँस्छु ! म जलहरुमा झझल्किएको सतृष्णताको गति मिठास छु !
झ. यहाँ छवि छ, वहाँ छाया, झिमिक झिमिकमा धधप्प, झप्प ! जो भेटिएको त्यहीं अडेर यही हो भन्ने हठ प्रदर्शन म लिन्न, बग्छु, भजी अलभ्य !
ञ. ‘फटिक’ को मन्त्र लिई बगेथें, जहाँ छ माटो ! म एक निर्मल पछाडि ‘कलकल’– ले लिन्छ बाटो !
ट. कहिलेकाहीं किरणको कर ली कदम छ दुइचर ! टिपी झलक त्यो बनाऊँ ठेली ! म बग्छुु लाचार !
ठ. त धम्र्म के हो ? सदा पिपासा, र त्यसको भाषा, र तृप्ति–आशा ! अनन्त पाए, घुसेर उरमा, सँगेटी सब धार निदाउनु एकबार !
</poem>
Mover, Reupload, Uploader
10,371
edits