आफूबाट फुकालेर आफ्ना निर्मितिहरू
देखाइदिऊँ विनिर्माणको एउटा साक्षात् नमूना
डेरिडालार्इ।डेरिडालाई।
मबाट भत्किएको एक अंश, एउटा मान्छे
हिँडिरहोस् सडकमा लम्र्याङ्लउम्य्राङ्,
एउटा प्रेममा पौडिरहोस् आजीवन।
मलार्इ मलाई मन नपरेको एउटा टुक्रो म
कतै कोठाभित्र थुन्निइरहोस्।
घरका भित्री आवरण सिँगार्न र
आवश्यकताका भोक मेटाउन लागोस्।
भ्याउँदैन भने टुक्र्याओस् आफूलार्इ आफूलाई अझै
तरकारी, मसलन्द, लत्ताकपडा
इन्धन र अरू लठिबज्र हेर्ने
एक साँझ
भेला गरेर सबै आफूहरूलार्इआफूहरूलाई
एउटा समानुपातिक सम्मेलन गराऊँ।
अरूलार्इ अरूलाई छाडिराखेर गन्जागोलको निरर्थक बहसमा,
निस्कूँ
कविलार्इ कविलाई लिएर।
मेरो कवि
सम्पूर्णतामा कवि नै रहोस्
मस्तिष्कले थिचिराखेको मेरो जीवबाट।
कविलार्इ कविलाई हालेर आफूभित्र सम्पूर्णतामा
म
कविताको पत्रबाट
समयको यस आँख्लामा टेकेर
भ्रमको पहाडबाट फालहानूँ मनको वेगमा।
तमाम आविस्कारहरूलार्इ आविस्कारहरूलाई बोरामा कसी
लुकाइदिऊँ आइन्सटाइनहरूका मस्तिष्कका कुनाहरूमा।
सँधै थिचिरहने आफ्नै छातीबाट निस्किऊँ
मगजलार्इ मगजलाई देउरालीमा फुसर्तले थिचिराखेर
पसूँ कल्पनाको बगैँचामा।
रोबर्ट फ्रोस्टलार्इ हात समातेर बोलाऊँ र
दुनियाँतिर फर्किएर प्रलाप सुनाउन आग्रह गरूँ
गिन्सबर्गलार्इ।गिन्सबर्गलाई।
प्रभूको वर पाएर
फूटूँ म आफूबाट र
केवल
कविलार्इ कविलाई लिएर बाँचूँ।
</poem>