Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह= शून...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=सुमन पोखरेल
|अनुवादक=
|संग्रह= शून्य मुटुको धड्कनभित्र / सुमन पोखरेल
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
अनि
एउटा मरेको चुरोट
च्यापे पनि भयो ।

यो दिनहरूको रातमा
यो विचारहरूको रातमा
यो युक्तिहरूको रातमा ।

यो मृत्यु होइन
केवल एउटा रात हो ।

यहाँ जीवन छ
तर निस्कृय ।
यहाँ सबै चिज छ
तर अवचेतन ।

यो हुँदै नभएको हैन
केवल छोपिएको हो
रातको रातीय पर्दाले ।

सबै मिलेर च्यातौं
यो रातलाई
मान्छे त हामीहरू पनि छौं
उनीहरू पनि हुन् ।

एउटा चुरोट भिज्यो भने
पैसा नास भएको मानेर
दुःख मान्ने वा
फोक्सो जोगियो भनेर
खुसी हुने ?

कहिलेसम्म यो विरोधाभास
खेलिरहोस् मनभित्र ?

निर्णय गर्नैपर्छ
यो रात च्यातेर अब
उज्यालो सिउनै पर्छ ।
</poem>
Mover, Reupload, Uploader
10,369
edits