बहुलाऊँ म कसकसको मस्तिष्कमा?
सोधूँ कसलार्इकसलाई?
एकोहोरो उफ्रिरहूँ धारो झरेको ठाउँबाट पानीका कण उफ्रिएझैँ
रत्तीभर चट्पटाउँदैन।
कुन आँखालार्इ आँखालाई हेरूँ,
नितान्त तर्कहीन उत्तर पाउनका लागि?
वा
कसैलार्इ कसैलाई नसोधिनुपर्ने प्रश्न सबैलार्इ सबैलाई सोधिरहूँ
कि नसोधिएको प्रश्नको जवाफ दिइरहूँ आकाशतिर फर्किएर?
बाँच्नको लागि लगातार बहुलाइरहनुपर्ने यस परिवेशमा
कुन साइत रोजूँ बहुलाउन ?
मैले सोधिनँ कुनै लप्सीको गेडाजस्तो गुदीविहीन टाउकालार्इटाउकालाईसाइत देखाइनँ मैले कुनै टाँकीको चिउलाजस्तो विवेकलार्इ।विवेकलाई।
¨ .. ¨ .. ¨ .. ¨..
सधैझैँ उत्सव गरिरहेथ्यो शीतको थोपाले रक्सीको स्वादमा
त्यो उत्ताउलोपन भुवाजस्तो सेतो बादलमा परिणत भएरै छाड्यो।
मैले कसैसँग नसोधिकनै आफूलार्इ आफूलाई बौलाइदिएँ
त्यही घाम र त्यही बादलमुनि बसेर।
मलार्इ मलाई विश्वास भइरहेथ्यो एक दिन सबै बहुलाउने छन्छन् मलार्इ मलाई सद्दे देख्नका लागि।
</poem>