{{KKGlobal}}
{{KKRachna
|रचनाकार=सुदीप पाख्रीनपाख्रिन
|अनुवादक=
|संग्रह=आदिम मौनता / सुदीप पाख्रिन
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
नपग्लिएपछि
अलिकति पनि
नछोएपछि
छ्वास्सै पनि
ताता फलामे मुटुहरुलाई
चिसा अनुभूतिहरुका छालहरुले
आजभोलि
दिउँसै
म
नयाँसडकमा
लालटिन बालेर
कविता सुनाउन
श्रोता खोजी हिड्दैछु
एउटा हार्दिकता खोजी हिड्दैछु
पूmर्सद फुर्सद छैन हजुरहरुलाई ?ठीकै छ !
म
बिशालबजार अगाडि
खुला सडकमा उभिएर
ट्राफिकलाई अटेर गरेर
मेरो 'लेटेस्ट ' कविता
आज
शालिकलाई सुनाउँछु !
म
मेरो कविता
जुद्ध शमशेरलाई सुनाउँछु !!
र,
शायद
म
मेरो भोलिका कविता
हिटलरलाई सुनाउनेछु !!!
नपग्लिएपछि
अलिकति पनिआँखाहरुबाट संवेदनाहरुको हिउँ....
</poem>