1,256 bytes added,
14:43, 7 मई 2021 {{KKGlobal}}
{{KKRachna
|रचनाकार= सुमन पोखरेल
|अनुवादक=
|संग्रह=मलाई जिन्दगी नै दुख्दछ / सुमन पोखरेल
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
बाहिरबाहिर हाँसिदिन्छु भित्र लुक्छ आँसु
मरीमरी यो जिन्दगी कहिलेसम्म बाँचूँ ?
साथै हिँड्ने छाया थियो हिँड्दाहिँड्दै छुटिगयो
मिठामिठा सपनालाई ब्यूँझाइले लुटिगयो
जताततै निराशा छ केलाई सम्झी हाँसूँ ?
मरीमरी यो जिन्दगी कहिलेसम्म बाँचूँ ?
रहर थियो मनभित्र कता गयो गयो
एउटा भएको मुटु पनि टुक्राटुक्रा भयो
कुन टुक्रा उठाई अब कुनसँग गाँसूँ
मरीमरी यो जिन्दगी कहिलेसम्म बाँचूँ ?
</poem>