Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार= श्रीपुरुष ढकाल |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= श्रीपुरुष ढकाल
|अनुवादक=
|संग्रह=
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>

तिम्रो आँखा राम्रो लाग्यो
राम्रो भन्नु हुन्नथ्यो कि ?
बोलीवचन मिठो लाग्यो
मिठो भन्नु हुन्नथ्यो कि ?

तिमीलाई भेटेपछि
सधैँ भेटौँ भेटौँ लाग्थ्यो
तिमीलाई भन्न खोज्थेँ
कुन्नि किन डर लाग्थ्यो

तिम्रो ओठ राम्रो लाग्यो
लोभ गर्नु हुन्नथ्यो कि ?
बोलीवचन मिठो लाग्यो
मिठो भन्नु हुन्नथ्यो कि ?

तिमी हिँड्ने बाटो खोजी
त्यतै त्यतै हिँडौ लाग्थ्यो
साथीसङ्गी सबैसँग तिम्रै
कुरा गरौँ लाग्थ्यो

तिम्रो रूप राम्रो लाग्यो
मन पराउनु हुन्नथ्यो कि ?
बोलीवचन मिठो लाग्यो
मिठो भन्नु हुन्नथ्यो कि ?
</poem>
Mover, Reupload, Uploader
10,400
edits